बैतडी – बैतडीमा ट्रक दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्।

जयपृथ्वी राजमार्गको झ्याउलेक मोडमा नेपालगञ्जबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक शुक्रबार राति दुर्घटना हुँदा ४ जना घाइते भएका हुन ।

घाइतेको ४ जनाकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
















