खाेज्नुहाेस

बैतडीको भेटेरिनरी अस्पताल डेढ वर्षदेखि चिकित्सकविहीन

Image

बैतडी – बैतडीको पाटनमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डेढ वर्षदेखि पशु चिकित्सकविहीन भएको छ ।

भेटेरिनरी अस्पतालमा पशु चिकित्सक नहुँदा पशुमा देखिने विशिष्ट रोगको पहिचान हुन सकेको छैन । विज्ञकेन्द्रमा एक पशुसेवा चिकित्सकको दरबन्दी भए पनि सुदूरपश्चिम प्रदेश सरकारले पदपूर्ति गर्न सकेको छैन ।

attariya hospital
navjiwan hospital

करारमा रहेका पशु चिकित्सकले स्थायी सेवामा नाम निकालेर अन्तै गएपछि भेटेरिनरी अस्पताल डेढ वर्षदेखि पशु चिकित्सकविहीन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका निमित्त प्रमुख गुमानीदत्त पन्तले बताए ।

केही दिनअघि सिगास गाउँपालिकाको जंगलमा चितुवाको बच्चा घाइते हुँदा त्यसको उपचारका लागि पशु चिकित्सक भेटेनरी अस्पताल पाटनमा नहुँदा डडेलधुराबाट बोलाएर उपचार गराएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय मातहत रहेको विज्ञकेन्द्रमा एक वर्षदेखि पशु चिकित्सक नहुँदा पनि मन्त्रालयले पदपूर्ति गर्न सकेको छैन ।

विज्ञकेन्द्रमा पशु चिकित्सक नहुँदा पशु स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्न सकिएको छैन । पशुमा लाग्ने रोगको पहिचान तथा निदान, निरोगिता प्रमाणित, ल्याब, शल्यक्रिया, डाइग्नोसिसजस्ता पशु स्वास्थ्य सेवा प्रभावित बनेका प्रमुख पन्तले बताए ।