खाेज्नुहाेस

करारमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाएनन्

Image

बैतडी – बैतडीको पुर्चौंडी नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुले ६ महिनादेखि तलब पाउन सकेका छैनन् । नगरपालिकाले गत असोजदेखि तलब नदिएको हाट स्वास्थ्यचौकीमा कार्यरत ल्याब असिटेन्ट डम्मरबहादुर कुँवरले बताए ।

नगरपालिकाले करार सेवाका कर्मचारीहरुलाई निरन्तरता दिने निर्णय गरेको भएपनि आफूहरुलाई अहिलेसम्म नियुक्ती समेत नदिएको कुँवरले बताए ।

attariya hospital
navjiwan hospital

नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थामा कार्यरत करार कर्मचारीहरुलाई स्वास्थ्यचौकी प्रमुखहरुलाई आज ज्ञापन पत्र बुझाएर हड्ताल शुरु गरेको कुँवरले बताए ।

हाट स्वास्थ्यचौकीमा कार्यरत ल्याब टेक्निसियन सुरेन्द्र पुजाराको संयोजकत्वमा करार कर्मचारीहरुले संघर्ष समिति समेत गठन गरेका छन् ।

शुक्रबार आफू कार्यरत स्वास्थ्य संस्थाका प्रमुखलाई ज्ञापन पत्र बुझाएर आन्दोलनको शुरुवात गरिएको ल्याब असिष्टेन्ट कुँवरले बताए ।