खाेज्नुहाेस

दार्चुलामा प्रहरी हवल्दारको मृत्यु प्रकरणमा ३ जना पक्राउ, ४ जना फरार

Image

धनगढी- दार्चुलामा प्रहरी हवल्दार मृत फेला परेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाइ पक्राउ गरेको छ । जिल्लाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या गरिएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बम रहेको सुदुरपस्चिम प्रदेश प्रहरी कार्यालय धनगढिले जनाएको छ ।

attariya hospital
navjiwan hospital

प्रहरी प्रदेश कार्यालयका अनुसार घटनामा संलग्न तथा सहयोगीको भूमिका खेलेका अन्य चार जना भने फरार भएका छन् । फरार हुनेमा अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठो श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल र शव व्यवस्थापनमा सहयोग गर्ने राजेन्द्र डडाल रहेका छन् । पक्राउ परेकी दिपिका पाल भने आशिक पालकी कान्छी श्रीमती भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा अस्मिता बियर बारमा कान्छी श्रीमती दिपिकालाई जिस्काएको भन्दै उनका श्रीमान आशिकले प्रहरी हवल्दार घर्तीमाथि कुटपिट गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुले आशिक र उनका भाइले कुटपिट गरेर हत्या गरेको बयान प्रहरीलाई दिएपनि त्यसको सत्यापन परीक्षणको काम भइरहेको प्रहरी प्रदेश कार्यालय ले जनाएको छ । घर्तीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको पाइएको र घटनापछि फरार रहेकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।