खाेज्नुहाेस

दार्चुलामा ११ दलले गरे उम्मेदवारी दर्ता

Image

अत्तरिया– दार्चुलामा ११ दलले उम्मेदवारी दर्ता गरेका छन । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाबाट ११ दलले उम्मेदवारी दर्ता गराएका हुन ।

navjiwan hospital

एउटै निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेपाली कांग्रेसका तर्फबाट धर्मानन्द जोशी, नेकपा एमालेका तर्फबाट गणेश सिँह ठगुन्ना र नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट लक्ष्मण दत्त जोशीले उम्मेदवारी दर्ता गरेका छन ।

attariya hospital

त्यस्तै राष्ट्रिय जनमोर्चाका तर्फबाट विर्खराज पन्त, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बाट विद्या देव जोशी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजेश सिँह सामन्त (साउँद), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजेश चन्द, नेपाल मजदुर किसान पार्टीबाट रमेश कुमार रावल, आम जनता पार्टीबाट प्रेम सिँह बडाल,नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट नवराज भट्ट र संद्धीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट गगन ठगुन्नाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।