खाेज्नुहाेस

महाकाली कोरिडोरका २ पुल निर्माण हुने

Image

दार्चुला – कञ्चनपुरको ब्रम्हदेवदेखी दार्चुलाको तिङ्कर नाकालाई जोड्ने सडकका रूपमा रहेको महाकाली कोरिडोर अन्तर्गत विभिन्न नदी र खोलामा निर्माण हुने चालिस मोटरेबल पुलमध्ये चालु आर्थिक वर्ष २०८२र८३ मा दुई वटा पुल मात्रै निर्माण हुने भएका छन् ।

navjiwan hospital

महाकाली कोरिडोर (ब्रम्हदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजनाका योजना प्रमुख ईश्वर कार्कीले जम्मा ३३४ किलोमिटर लम्बाइ रहेको कोरिडोरको विभिन्न स्थानमा चालिस वटा मोटरेबल पुल निर्माण गर्नुपर्ने भएपनि २ पुलका लागि मात्रै बजेट आएको बताए । दार्चुला जिल्लाको लास्कुघाट र निजाङ खोलामा यस वर्ष मोटरेबल पुल निर्माण गरिने बताए ।

attariya hospital

कोरिडोरका चालिस मोटरेबल पुल निर्माणका लागि यस वर्ष राष्ट्रिय योजना आयोगमा प्रस्ताव पेस गरेकोमा दुई वटा पुलका लागि मात्रै बजेट सुनिश्चित भएको तथा बाँकी ३८ पुलका लागि स्रोतको सुनिश्चित नभएको उनले बताए ।