दार्चुला – दार्चुलाबाट चरेससहित २ जना पक्राउ परेका छन्।


शुक्रवार मालिकार्जुन गाउँपालिका–७ सेल्प्या स्थित महाकाली कोरिडोरमा डिङ्सीबाट उकु तर्फ जाँदै गरेको से ७ प ५३९२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक मालिकार्जुन गाउँपालिका–७ डिङ्सी बस्ने ३० वर्षीय महेन्द्र सिंह धामी र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २८ वर्षीय मधुकर उपाध्याय चरेस सहित पक्राउ परेका हुन्।
उनीहरूको साथबाट ९१७ ग्राम चरेस र भारतीय रुपैयाँ १० हजार र नेपाली १ हजार ३५० नगद फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुवै जनालाई प्रहरी चौकी जोलजीबीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

















