अत्तरिया– आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति डोटीले १७ जनाको नाम सिफारिस गरेको छ । बिहिबार जिल्ला कार्यसमिति डोटीले कैलाली क्षेत्र नं. ४ बाट निर्वाचित भएका निर्वतमान प्रतिनिधि सभा सदस्य विर बहादुर बलायर सहित १७ जनाको नाम सिफारिस गरेको हो ।

जिल्लाले सुदूरपश्चिम प्रदेश कार्यसमितिलाई सिफारिस गरेका नामहरुमा बलायर सहित गोरख बहादुर बिष्ट (आनन्द), जितेन्द्र विक्रम शाही, टेकराज ओझा, नरेन्द्र बहादुर सिँह, पदमराज जोशी, पुष्पकुमार शाही, प्रदिप कुमार देउवा र भक्त बहादुर बलायर रहेका छन ।

त्यस्तै भक्त बहादुर मल्ल, भक्तराज जोशी, भरत बहादुर खड्का, राम बहादुर रोकाया, ललित बहादुर बलायर, लक्ष्मी राज पाठक, श्यामराज ओझा र हर्क बहादुर देउवा को नाम पनि सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति डोटीका सभापति नरेन्द्र बहादुर सिँहले जानकारी दिए ।
त्यसैगरी प्रतिनिधि सभा समानुपातीक तर्फ जिल्लाले ७ जनाको नाम सिफारिस गरिएको उनले बताए । जसमा दुर्गा शर्मा, पार्वती चन्द, प्रतिमा शाह (शाही), प्रसिस महरा, हिक्मत सिँह चोपरा (अल्पसंख्यक कोटा), मायाँ देवी कुँवर (पिछडीएको क्षेत्र) र लाल बहादुर बि.क (दलित आरक्षण) रहेको उनले बताए ।
जिल्ला कार्यसमितिले राष्ट्रिय सभा सदस्यका लागि भने २ जनाको नाम सिफारिस गरेको छ । जसमा दिपक कुमार बिष्ट र यज्ञराज पाठक रहेका छन् ।



















