खाेज्नुहाेस

दार्चुलामा भन्सार छलीका सामान प्रहरी नियन्त्रणमा

Image
navjiwan hospital

दार्चुला– दार्चुलामा प्रहरीले अवैध रुपमा भन्सार छली गरि ल्याईएका सामानहरु नियन्त्रणमा लिएको छ । सोमबार साँझ जिल्लाको महाकाली नगरपालिका– ४ बसपार्क क्षेत्रमा अवैध रुपमा भन्सार छली गरि ल्याईएका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटि गएको प्रहरी टोलीले करिब ४३ हजार ३०० बराबरका सामग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले बताए । उनका अनुसार नियन्त्रणमा लिईएका सामग्रीहरुमा बिँडी, स्विटर, सुटपिस, चप्पल लगायत रहेका छन् ।

attariya hospital