खाेज्नुहाेस

दार्चुलामा जनश्रमदानबाटै ‘त्रिदेव धाम सडक’ निर्माण गरिदै

Image

दार्चुला– दार्चुलामा स्थानियहरुले ‘त्रिदेव धाम सडक’ निर्माण गर्न थालेका छन् । जिल्लाको लेकम गाउँपालिका– ५ मा स्थानियहरुले जनश्रमदानबाटै सो सडक निर्माण गर्न थालेका हुन् ।

navjiwan hospital

वडाभित्र रहेका ३ वटा धार्मिक स्थलहरुलाई जोड्ने लक्ष्य सहित ‘त्रिदेव धाम सडक’ निर्माण गर्न थालिएको समाजसेवी उमाकान्त बिष्टले बताए । उनका अनुसार सो वडामा रहेका मालिकार्जुन मन्दिर, कुस्मावती मन्दिर र लटिनाथ मन्दिर जाने बाटो जोड्नका लागि सडक निर्माण गर्न थालिएको हो ।

attariya hospital

बिष्टले मंसिर २ गतेदेखी सडक निर्माणको काम सुरु भएको बताए । उनले कुल २ हजार ५०० मिटर बढी सडक निर्माण गर्नुपर्नेमा सोमबार सम्म १ हजार २७६ मिटर सडक निर्माण गरिएको बताए । ‘हामीले जनश्रमदानबाटै सडक निर्माण गरिरहेका छौ, यस्मा सबै गाउँलेहरुले राम्रो साथ दिएका छन्’ उनले भने ‘हामी सबै मिलेर गाउँको विकास गर्नुपर्छ भन्ने कुरामा एकमत छौ ।’

सडक निर्माण कार्यमा स्थानीयहरुले स्वइच्छिक आर्थिक सहयोग गरिरहेको र निर्माण कार्यमा समेत खटिएको विष्टले बताए । स्थानीयहरुले मेसिन भाडामा लिएर निर्माण कार्य गरिरहेका हुन् ।