खाेज्नुहाेस

राजस्थानमा सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु

Image

राजस्थान – भारतको राजस्थानस्थित जोधपुर जिल्लाको फलोदी सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका केही व्यक्तिहरूलाई थप उपचारका लागि जोधपुर पठाइएको छ।
मातोडा पुलिस थाना क्षेत्र अन्तर्गत भारत माला हाइवेमा सडक किनारमा रोकिएको एउटा ट्रेलरमा टेम्पो ट्राभलर गाडी ठोक्किएपछि यो ठूलो दुर्घटना भएको हो। टेम्पो ट्राभलरमा सवार सबै यात्रुहरू जोधपुरको सूरसागरका बासिन्दा थिए र उनीहरू कोलायतमा रहेको एक आश्रमबाट दर्शन गरी फर्कंदै थिए।

navjiwan hospital

राजस्थानका मुख्यमन्त्री भजनलाल शर्मा ले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘फलोदीको मातोडा क्षेत्रमा भएको सडक दुर्घटनामा भएको जनधनको क्षति अत्यन्तै दुःखद र हृदयविदारक छ। मेरो समवेदना शोकाकुल परिवारजनसँग छ।’

add everest academy
attariya hospital

ीबहmष् कगलचष्कभ दबलप
यसैगरी, राजस्थानका पूर्वमुख्यमन्त्री अशोक गहलोतले पनि घटनाप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको शान्तिको कामना गरेका छन् र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको प्रार्थना गरेका छन्।