खाेज्नुहाेस

ट्युनिसियामा डुंगा दुर्घटना हुँदा ४० जनाको मृत्यु

Image

काठमाडौं – ट्युनिसियामा एक डुंगा दुर्घटना हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार, ट्युनिसियाको सालाक्टा गाउँबाट छुटेको डुंगा केहीबेरमै पल्टिएको थियो । त्यसमा सवार ९ महिला, १९ पुरुष र पाँच वर्ष मुनिका १२ बालबालिकाको मृत्यु भएको छ । उनीहरु अफ्रिकी मुलुकका रहेको बताइएको छ ।

navjiwan hospital

उत्तरी अफ्रिकामा शरणार्थी र आश्रय खोज्ने व्यक्तिहरूको अवस्था बिग्रिँदै गएकाले धेरै परिवारहरू जोखिमपूर्ण यात्रामा निस्किरहेका बेला यो दुर्घटना भएको हो ।

attariya hospital

नजिकै रहेको एक माछा मार्ने डुङ्गाबाट सूचना प्राप्त भएपछि ३० जनालाई जिउँदै उद्धार गरिएको थियो । उद्धार भएका मानिसहरूमा क्यामरून, आइभरी कोस्ट र गिनीका नागरिकहरु छन् ।

आईओएमका अनुसार यो दुर्घटना यस वर्ष उत्तरी अफ्रिकी तटमा भएका सबैभन्दा घातक समुद्री घटनामध्ये एक हो । ‘यो दुर्घटनाले मध्य भूमध्यसागरीय मार्गमा थप जनधनको क्षति रोक्नका लागि तत्काल समन्वित कार्यको आवश्यकता देखाएको छ,’ आईओएमले भनेको छ ।