खाेज्नुहाेस

भारतका प्रधानन्यायाधीशमाथि अदालतभित्रै जुत्ता प्रहार

Image

काठमाडौं – भारतको सर्वोच्च अदालतमा सोमबार बिहान एक ७१ वर्षीय अधिवक्ताले भारतीय प्रधानन्यायाधीश बीआर गवाईमाथि जुत्ता प्रहार गरेका छन् । घटनापछि दिल्ली प्रहरीले सर्वोच्च अदालत पुगेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

दिल्ली प्रहरीले दिएको जानकारी अनुसार, राकेश किशोर नामका वकिलले आक्रमण गरेका हुन् । उनले बिहान ११ः३५ बजे अदालत नम्बर १ मा चलिरहेको इजलासको क्रममा आफ्नो स्पोर्ट्स जुत्ता निकालेर प्रधानन्यायाधीश गवाईमाथि फ्याँकेका थिए ।

attariya hospital
navjiwan hospital

एक वरिष्ठ प्रहरी अधिकारीले भने, “सुरक्षाकर्मीहरूले उनलाई तत्काल नियन्त्रणमा लिएका थिए । उनलाई सर्वोच्च अदालतको सुरक्षा एकाइलाई बुझाइएको छ । उनी मयुर बिहार क्षेत्रका बासिन्दा हुन् र सर्वोच्च अदालत बार एसोसिएसनका दर्तावाल सदस्य हुन् ।”

प्रारम्भिक अनुसन्धानका क्रममा वकिल मध्य प्रदेशको खजुराहो मन्दिर परिसरमा रहेको भगवान् विष्णुको मूर्तिको जीर्णोद्धारको माग गर्दै दर्ता गरिएको निवेदनअन्तर्गत हालैको सुनुवाइका क्रममा प्रधानन्यायाधीश गवाईले गरेको टिप्पणीबाट असन्तुष्ट रहेको खुलेको छ ।

प्रधानन्यायाधीश गवाई विचलित नभई शान्त देखिएका थिए । वकिलहरूलाई कारबाही जारी राख्न आग्रह गरेका थिए ।