अत्तरिया – जेन जी आन्दोलनका सहिदको सम्झनामा अत्तरिया चोकमा दीप प्रज्वलन गरिएको छ । जेनजी प्रदर्शनका क्रममा भएका सहिदहरूको सम्झनामा बुधबार दीप प्रज्वलन गरिएको हो ।

अत्तरिया क्षेत्रका युवाहरुको स्वफुर्त सहभागितामा भएको दीप प्रज्वलन कार्यक्रममा नेपालको नक्सा भित्र श्रद्धाञ्जली लेखेर दीप प्रज्वलन गरिएको थियो ।
दीप प्रज्वलनमा सहभागी युवा प्रमोद अधिकारीले जेन जी युवाहरुले आफ्ना माग राख्ने क्रममा सरकारले दमन गरेर युवाहरुको हत्या गरेपछि सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको बताए ।

अझै पनि देशमा शान्ती आओस, पुनः यस्ता आन्दोनल गर्न नपरोस भनेर दीप प्रज्वलनमा कामना गरिएको उनले बताए ।

प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा बुधबार सरकारले पनि शोक बिदा दिएको छ । भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनका क्रममा हालसम्म ७४ जनाको निधन भइसकेको छ ।



















