अत्तरिया – जिल्ला प्रशासन कार्यालय कैलाली निषेधाज्ञा हटाएको छ । कर्फ्यु हटाएर भदौ २८ गते देखि जिल्लामा जारी गरिएको निषेधाज्ञा पनि मंगलबार देखि हटाइएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालद्वारा जारी आदेशमा हाटलाई हटाइएको उल्लेख छ ।

भदौ २३ र २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएको परिस्थितिलाई मध्यनजर गरी भदौ २४ गते कैलालीमा अनिश्चित कालिन कर्फ्यु आदेश जारी गरिएको थियो ।

पछि भदौ २६ गते देखि भदौ २४ को आदेशलाई परिमार्जन गरेर बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा, साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको थियो भने बिहान ६ बजे देखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक सेवा र कार्यको लागि आवत– जावत (हिँडडुल) गर्न सकिने समय तोकिएको थियो ।
यसबिच नेपाली सेनाले पनि माघ २५ गते बेलुकी ५ बजे सम्म देश भरी लागू हुने गरी निषेधाज्ञा र सोही दिन ५ बजे देखि माघ २६ गते बिहान ६ बजे सम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको थियो ।

















