खाेज्नुहाेस

लागूऔषध सहित ३ जना पक्राउ

Image

अत्तरिया– अवैध लागुऔषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कैलालीका १ र कञ्चनपुरका २ जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।

मंगलबार बेलुकी ४ बजे कैलालीको धनगढी उपमहानगरपालिका– ११ का २९ वर्षिय सन्तराम रानालाई प्रहरीले पक्राउ गरेको छ । उपमहानगरपालिका– २ मिलनचोक स्थित भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा सु.प.प्र.०१–००९ प ४०८१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक रानाबाट लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

attariya hospital
navjiwan hospital

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मोटरसाइकलको लेग गार्डमा लुकाइ छिपाइ राखेको अवस्थामा रानाबाट ६ ग्राम ८३० मिलिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको हो ।

यस्तै मंगलबार नै कञ्चनपुरबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ ६ बजे जिल्लाको भीमदत्त नगरपालिका– ४ बसपार्क स्थित सार्वजनिक शौचालय भित्र कृष्णपुर– २ बस्ने २४ वर्षिय चन्द्र चन्द र बझाङको बुङगल नगरपालिका– १० बस्ने २७ वर्षिय धन बहादुर बागलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शौचालय भित्र लागुऔषध सेवन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा उनिहरुको साथबाट ८६० मिलिग्राम लागूऔषध फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।