खाेज्नुहाेस

खुटियामा डुबेर बेपत्ता भएका चार किशोर मृत फेला

Image
navjiwan hospital

अत्तरिया– कैलाली खुटिया नदीमा डुबेर बेपत्ता भएका चार किशोर मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका –९ सेहरीस्थित झोलुङ्गे पुलनजिक नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका ४ जना बालक मृत फेला परेका हुन ।

बिहिबार झोलुङ्गे पुल नजिकै नदीमा पौडी खेल्ने क्रममा धनगढीका १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेब भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतीक चौधरी नदीमा बगेर बेपत्ता भएका थिए । उनिहरुको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेका थिए भने अन्य तीन जनाको सकुशल उद्दार गरिएको थियो ।

attariya hospital