खाेज्नुहाेस

कैलाली कारागारको झडपमा मृत्यु भएका भरतको शव अस्पतालमै 

Image
तस्विर : घाइते कैदिवन्दीको उपचार भइरहेको सेती अस्पताल परिसर

धनगढी – कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीको शव चार दिनदेखि सेती प्रादेशिक अस्पतालमा छ ।

लागुऔषध मुद्दामा ६ महिनादेखि कैद भुक्तान गरिरहेका चौधरीको शुक्रबार राति कारागारभित्रै कैदीबन्दी समूहबीच झडपमा हत्या मृत्यु भएको थियो ।

attariya hospital

मृतक चौधरीको शव परिवारले बुझन् मानेका छैनन् । मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, उनकी १५ वर्षीया छोरीलाई सरकारले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

navjiwan hospital

मृतकका भाइ विजय चौधरीले दाजुको मृत्युपछि टुहुरो बनेकी छोरीको निस्शुुल्क शिक्षा दिनुपर्ने र हत्यामा संलग्नको पहिचान गरी शीघ्र कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे ।

जिल्ला प्रशासन कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमालले पीडित परिवारसँग छलफल समेत गरेका छन् । सो क्रममा सीडीओ हमालले धनगढी उपमहानगरपालिकाले मृतककी छोरीलाई पढाउने बचन दिइसकेको र सहयोगका लागि आफूले अन्य संघसंस्थामार्फत पहल गर्ने मौखिक प्रतिबद्धता जनाएका छन् ।

कारागारभित्र भएको हिंसात्मक घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याइने उनले बताए ।