खाेज्नुहाेस

रोजगारदाता, बेरोजगार व्यक्ति र सरकारबिचको सञ्चार नीतिका विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना

Image

अत्तरिया– रोजगारदाता, बेरोजगार व्यक्ति र सरकारबिच कसरी समन्वय गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । सोमबार कैलालीको गोदावरी नगरपालिका– १ मा रहेको होटल स्वागत इनमा इन्टरनेशनल लेबर अर्गनाइजेशनको प्राविधिक सहयोगमा धनगढी उपमहानगरपालिका र कथा नेपालले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन ।

navjiwan hospital

सञ्चार अभियान : रणनीतिबाट कार्यान्वयनतर्फ नामक उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्यमी तथा विद्यालयका सञ्चालकहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागिहरुलाई रोजगार सञ्चार नीति सम्बन्धीका सहजकर्ता छविलाल देवकोटाले गरेका थिए ।

attariya hospital

पछिल्लो समय युवायुवतीहरु रोजगारीकै लागि बाहिरीरहेको अवस्थामा कस्तो माध्यमबाट रोजगारदाता र सरकारसँग त्यस्ता व्यक्तिहरुलाई जोड्न सकिन्छ भन्ने विषयमा कार्यक्रम आयोजना गरिएको सञ्चार अभियानका सुदूरपश्चिम संयोजक वंशिराम चौधरी (स्माइल) ले बताए । उनले युवायुवतीहरुलाई कुनै न कुनै माध्यमबाट रोजगारीमा आवद्ध गराउनका लागि र रोजगारदाता तथा सरकारसँग समन्वय गर्नका लागि कस्तो किसिमको सञ्चार नीति आवश्यक पर्छ भन्ने विषयमा छलफल गरिएको बताए । ‘सबै स्थानिय पालिकाहरुमा रहेका रोजगार सेवा केन्द्र मार्फत बेरोजगार व्यक्ति र रोजगारदाताहरुलाइ कसरी जोड्न सकिन्छ भन्ने किसिमले हामीले यो अभियानलाई डिजाईन गरेका छौ’ उनले भने ।

उनले दैनिक सयौको रुपमा देशका भविष्यहरु विदेशिनु एकदमै दुखद कुरा भएको बताउदै आउने पुस्ताहरुलाइ स्वदेशमै रोक्न र रोजगारीसंग जोड्न आवश्यक पर्ने रणनितिहरुका विषयमा कार्यक्रममा प्रशिक्षण दिईएको बताए । यसअघि पनि सो विषयमा वर्कसपहरु आयोजना गरिएको र वर्कसपबाट आएका सुझावको आधारमा विभिन्न क्रियाकलापहरु गरिएको उनले बताए । उनले कार्यक्रममा सहभागिहरुले सञ्चार रणनीतिलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा आफ्ना योजनाहरु सुनाएको बताए । उनले रोजगार दाताहरुलाई चाहिएको दक्ष जनशक्ति पालिकामा रहेको रोजगार सेवा केन्द्र मार्फत पाउन सक्ने वातावरण सृजना गरिनुपर्ने बताए । त्यसबाहेक उनले सीप र दक्षता नभएका व्यक्तिहरुको डाटा तयार गरेर आगामी दिनहरुमा त्यस्ता व्यक्तिहरुलाई तालिम दिएर रोजगारीतर्फ उन्मुख गराउने योजना रहेको पनि बताए ।