खाेज्नुहाेस

गोदावरीको शारदा माविको अध्यक्षमा खडायत चयन

Image

धनगढी – कैलालीको गोदावरी नगरपालिका–८ मा रहेको शारदा माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चक्र खडायत सर्वसम्मत चयन भएका छन् ।

navjiwan hospital

मंगलबार विद्यालय, शिक्षक तथा अभिभावक समितिबिच बसेको संयुक्त बैठकले खडायतलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।

attariya hospital

नव–निर्वाचित अध्यक्ष खडायतलाई विद्यालयका प्रधानाध्यापक भोजराज जोशी तथा विद्यालय परिवारले एक औपचारिक कार्यक्रमका बिच टिका र खादा लगाएर स्वागत तथा बधाई दिएका छन् । खडायत धनगढीमा रहेको नवजीवन अस्पतालका प्रमुख कार्यकारी अधिकृत समेत हुन ।

१८ जना शिक्षक कार्यरत शारदा माविमा १५० जना विद्यार्थी अध्ययनरत छन् ।