खाेज्नुहाेस

सर्पको टोकाइबाट मृत्यु भएकी कमलाको परिवारलाई ५० हजार सहयोग

Image

कञ्चनपुर – छाउगोठमा सर्पको टोकाइबाट मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीकी २८ वर्षीया कमला दमाईंको परिवारलाई कृष्णपुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।

navjiwan hospital

नगर प्रमुख हेमराज ओझाले पालिकाको कार्यपालिकाबाट निर्णय गरी मृतक दमाईंको परिवारलाई  ५० हजार आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए । उनले मृतकका तीन बालकको पढाइका विषयमा छलफल गरेर निर्णय लिइने बताए ।

attariya hospital

यस्ता कुप्रथाको अन्त्यका लागि नगरभित्रका छाउगोठ भत्काउने अभियान पनि सुरु भइसकेको उनले बताए । असार २८ गते कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी २८ वर्षीया दमाईंको सर्पको टोकाइबाट मृत्यु भएको थियो ।