अत्तरिया – लागू औषध सहित कैलालीबाट भारतीय युवक पक्राउ परेका छन । शनिबार कैलारी गाउँपालिका – १ हसुलियाबाट भारतको लखिमपुर चन्दनचौकी बस्ने २३ वर्षीय अन्सु गुप्ता पक्राउ परेका हुन ।

शंका लागि चेकजाँच गर्दा प्रहरीले उनको साथबाट १७ ग्राम ४६० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरेको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । उनीमाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


















