धनगढी – कैलालीबाट लागूऔषध सहित ४ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ त्रिनगर पोष्ट स्थित डोटीको दिपायल सिलगडी नगरपालिका–३ बस्ने १९ वर्षीय दिपेन्द्र नेपाली पक्राउ परेका छन् । नेपालीलाई चेकजाँच गर्दा १ ग्राम ७१० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका–१० सिमलघाटबाट भारत लखिमपुर खिरी सुडा बस्ने २५ वर्षीय कल्लु रानालाई १ ग्राम ४३० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन ।

यसैगरी जानकी गाउँपालिका–४ बेलपुरबाट सोही ठाउँ बस्ने २५ वर्षीय निरज कठरिया र २० वर्षीय अमन बडायक २ ग्राम ३१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् । पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














