
अत्तरिया– औषधीको अनुचित प्रयोग तथा दुरुपयोग गरेको मुद्धामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार कैलालीको घोडाघोडी नगरपालिका– १ लोहारपुर बस्ने २५ वर्षिय दिपक धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत कैलालीले २०८० पुष १२ गते सो मुद्धामा फैसला गर्दै धामीलाई १५ दिन कैद सजाय र १० हजार रुपैया जरिवाना तोकेको थियो । तर सो समयदेखी फरार रहेको उनलाई बिहिबार ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनकै घरठेगानाबाट पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

















