काठमाण्डौ– भारतको गुजरातस्थित टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालबाट विक्रि सुरु गरेको छ । मासिक १० लाख उत्पादन क्षमता भएको कम्पनीले इन्द्रेणी भवन बानेश्वरबाट बिधिवत रुपमा बिक्री सुरु गरेको हो ।
यहाँबाट ग्राहकहरूले भारतकै फेक्ट्री दररेटमा सामान प्राप्त गर्न सक्ने कम्पनीका अध्यक्ष अजय अजमेराले बताए । भारतमा १९९२ मा स्थापना भएको कम्पनिमा १ लाख भन्दा बढी बिक्रेता रहेको उनले बताए । कम्पनीले ३० भन्दा बढी देशमा आफनो ब्यापार बिस्तार गर्नुका साथै १ अर्ब भन्दा बढी ग्राहकको मन जितेको उनको दाबी छ । नेपालमा ठुलो सख्यामा ग्राहक रहेपनी विभिन्न रुपमा नेपाल समान भित्र्याउने तर आधिकारिता नभएकोले अजमेरा फेसनले नेपालका लागी आधिकारिक बिक्रेता नियुक्त गरेको बताईएको छ । नेपालका लागि कम्पनीको आधिकारिक बिक्रेता ब्लक बुल गार्मेन्ट ट्रेडिङ प्रा. ली. रहेको छ, जसकी अध्यक्ष सफल तथा प्रतिष्ठित महिला उद्यमी मोतिना चन्द हुन ।


चन्दले प्रीफ्याब प्यानल नेपाल, ब्लक बुल मल्टिपर्पोस (अलकत्रा आयात) र जे बी अटोमोटिभ जस्ता कम्पनीहरू कुशलतापूर्वक सञ्चालन गर्दै आइरहेकी छन् । ब्लक बुल गार्मेन्ट ट्रेडिङ को माध्यमबाट नेपाली बजारमा महिलाहरूका लागि सारी, कुर्ता, लेहङा, साथै पुरुष र बालबालिकाका लागि शर्टिङ, शुटिग लगायतका सम्पूर्ण कपडा वस्तुहरू उपलब्ध हुने चन्दले बताईन । उक्त सबै सामग्री भारतबाट प्रत्यक्ष उत्पादन स्थलबाटै राजस्व तिरेर कानुनी रूपमा आयात गरिने कम्पनीले स्पष्ट प्रतिबद्धता गरेको छ ।
कम्पनीको नेपाल आगमन प्रक्रिया संयोजन पत्रकार महासंघकी सचिव सोनी शर्माले गरेकी हुन् । शर्मा ब्लक बुलकी निर्देशक तथा कम्पनी सदस्य हुन । समूहको सामाजिक सञ्जाल विस्तारमा शर्माको अनुभवी संलग्नताले यस ब्राण्डलाई नेपालको बजारमा अझ प्रभावकारी उपस्थिति दिलाउने विश्वास लिइएको छ । त्यस्तै, कम्पनीको जनसंपर्क तथा प्रचारप्रसारलाई अझ सशक्त बनाउनका लागि प्रवक्ता तथा जनसंपर्क अधिकारीका रूपमा सुपरिचित ब्यक्ति अमर बहादुर चन्द रहेका छन् ।












