टीकापुर – कैलालीको टीकापुर नगरपालिकामा आजदेखि प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाइएको छ । पालिकाले स्थानीय राजपत्रमा २०८० साल चैत २५ गते यससम्बन्धी सूचना प्रकाशन गरे बमोजि आजदेखि उक्त निर्णय कायान्वयनमा आएको हो ।

नगर प्रमुख रामलाल थारुले दुई महिनाअघिदेखि पालिकालाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै प्लाष्टिकजन्य वस्तुको प्रयोग हुन नदिन स्थानीय राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र सङ्घ संस्था, पत्रकार र समाजसेवीलाई आग्रह गरे ।

नगरपालिकाको निर्णयविपरीत प्लाष्टिकका झोला बिक्रेतालाई प्रथम पटक एक हजार, दोस्रो पटक तीन हजार र तेस्रो पटक पाँच हजार जरिवाना हुने उनले बताए ।
त्यसैगरी, प्लाष्टिकका झोला प्रयोग गर्नेलाई पहिलोपटक १०, दोस्रोपटक ५० र तेस्रोपटक १०० जरिवाना लिइने छ । प्लाष्टिकको झोला उत्पादन गर्नेलाई पहिलो पटक दुई हजार, दोस्रो पटक चार हजार र तेस्रो पटक छ हजार जरिवाना हुनेछ ।















