खाेज्नुहाेस

कैलालीमा हतियार सहित तीन जना पक्राउ

Image
navjiwan hospital

धनगढी – कैलालीमा हतियार सहित तीन जना पक्राउ परेका छन् । कैलालीको भजनी नगरपालिका–९ आमबाडीबाट हतियार सहित ५० वर्षीय दिलिप कार्की, उनका छोरा २२ वर्षीय विकास कार्की र स्थानीय ३० वर्षीय सुरेश विक पक्राउ परेका हुन ।

उनीहरुको साथबाट एक थान पेस्तोल र त्यसमा प्रयोग हुने ११ राउन्ड गोली, एक थान हर्नेट बन्दुक र त्यसमा प्रयोग हुने २४ राउन्ड र एक थान कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital