खाेज्नुहाेस

बडेहा बिजौरा खानेपानीद्धारा निर्वतमान कार्यसमितिलाई सम्मानसहित विदाई

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १ र ६ मा रहेको बडेहा बिजौरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले निर्वतमान कार्यसमितिलाई सम्मानसहित बिदाई गरेको छ । शुक्रबार कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी समितिले संस्थाका निर्वतमान पदाधिकारीहरुलाई सम्मानसहित बिदाई गरेको हो ।

navjiwan hospital

संस्थाका अध्यक्ष चेतराज पन्तले निर्वतमान कार्यसमितिलाई सम्मानपत्र सहित कार्यक्रमको आयोजना गरी बिदाई गरिएको बताए । बिदाई कार्यक्रममा बोल्दै संस्थाका निर्वतमान अध्यक्ष एवम् निर्माण समितिका अध्यक्ष बलबहादुर चौधरीले नयाँ कार्यसमितिलाई आफूले सक्दो सहयोग गर्ने बताए ।

attariya hospital

उनले युवा नेतृत्व सहितको नयाँ कार्यसमितिले निर्वाचित भएयता खानेपानी संस्थाका लागि राम्रो कार्य गर्दै आईरहेको बताउदै समितिले आगामी दिनमा पनि संस्थाको हितमा काम गर्ने विश्वास लिएको बताए । उनले आफूले आफ्ना अनुभवहरु पनि समितिका पदाधिकारीहरुसँग आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा निर्वाचनमा खटिएका निर्वाचन मण्डललाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । निर्वाचनको समयमा अहोरात्र खटिएर संस्थाको निर्वाचनलाई कुनै पनि अपवाद बिना सम्पन्न गर्न सफल भएको भन्दै निर्वाचन मण्डललाई प्रशंसा पत्र प्रदान गरिएको बताईएको छ ।