खाेज्नुहाेस

गोदावरी नदीमा महिलाको शव भेटियो 

Image

अत्तरिया – कैलालीको गोदावरी नदीमा एक महिलाको शव फेला परेको छ । गोदावरी नगरपालिका – २ मा गोदावरी नदी किनारामा बेवारिसे महिलाको शव फेला परेको हो ।

navjiwan hospital

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले अन्दाजी ६० वर्षीय महिलाको शव फेला परेको बताए । उनले महिलाको शरीरमा धेरै चोटपटक पनि नभएकाले नजिकैबाट नदीमा बगेर मृत्यु हुन सक्ने बताए ।

attariya hospital

अहिले प्रहरीले घटनास्थलमा मुचुल्का लिइरहेको छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।