खाेज्नुहाेस

सुरिनाममा पहिलो महिला राष्ट्रपति बनिन् जेनिफर

Image

काठमाडौँ,  – दक्षिण अमेरिकी देश सुरिनाममा पहिलो पटक महिला राष्ट्रपति भएकी छिन् । संसद्ले आइतबार डा.जेनिफर गियरलिंग्स–साइमन्सलाई सङ्कटग्रस्त देशको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित गरेको छ ।

navjiwan hospital

नेशनल डेमोक्रेटिक पार्टीको नेतृत्व गर्ने जेनिफरले जुलाई १६ मा राष्ट्रपतिको रूपमा शपथ लिनेछिन् । सुरिनामको राष्ट्रिय सभाले दुई तिहाइ मतले उनलाई राष्ट्रपति निर्वाचित गरेको हो ।

attariya hospital

पहिले कांग्रेसी रहेकी जेनिफरले मे महिनामा भएको चुनावपछि देशको वर्तमान नेतालाई हटाउने उद्देश्यले गठबन्धन बनाएपछि निर्विरोध चुनाव जितेकी हुन् । सुरिनामको समुद्री किनारामा तेल पाइएको र २०२८ सम्ममा यसको उत्पादन सुरु गर्ने आशा राखेको समयमा यो गठबन्धन भएको हो ।

‘मलाई थाहा छ कि राष्ट्रपतिको पद धेरै ठुलो हो र म यस पदमा देशको सेवा गर्ने पहिलो महिला भएको कारणले जिम्मेवारी अझ बढेको छ ।’ राष्ट्रपतिको चुनाव जितेपछि जेनिफरले भनिन् । सुरिनाम ६ लाख ४६ हजार भन्दा बढी मानिसहरू भएको डच भाषा बोल्ने देश हो ।