खाेज्नुहाेस

भारतमा औषधी कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

Image

हैदराबाद – भारतको दक्षिणी राज्य तेलङ्गानाको एक औषधी कारखानामा भएको ठूलो विस्फोट र आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३६ पुगेको र करिब तीन दर्जन घाइते भएको अधिकारीहरूले बताएका छन् ।

navjiwan hospital

राज्यको राजधानी हैदराबादबाट करिब ५० किलोमिटर (३१ माइल) टाढाको औद्योगिक क्षेत्रमा भएको दुर्घटना स्थलबाट दमकलकर्मीहरूले ३४ जना कामदारका जलेका शवहरू फेला पारेको राज्यका दमकल सेवा निर्देशक जीभी नारायण रावले बताए ।

attariya hospital

अन्य दुई कामदारको जलेको अवस्थामा मृत्यु भएको र उनीहरूलाई अस्पतालमा मृत घोषित गरिएको उनले बताए । करिब तीन दर्जन घाइते कामदारलाई अस्पतालमा भर्ना गरिएको छ ।

रावका अनुसार कारखानाको स्प्रे ड्रायर युनिटमा सोमबार विस्फोट र त्यसपछिको आगलागी भएको थियो ।