खाेज्नुहाेस

पत्रकार बिष्टलाई खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार

Image

धनगढी – पत्रकार दिनेश बहादुर बिष्टलाई राष्ट्रिय खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष समेत रहेका बिष्टलाई युवा तथा खेलकुद मन्त्रालयबाट प्रदान गरिने खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको हो ।

उनीसँगै देशभरका ९ जना खेलकुद पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय प्रोत्साहन पुरस्कार तथा एक जनालाई खेलकुद पत्रकार सम्मान प्रदान गरिने भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार आर्थिक वर्ष २०८१/८२ को पुरस्कारका लागि आवेदन आह्वान गरेपछि प्राप्त आवेदनहरूको मुल्याकंन गरेर छनोट गरिएको हो ।

attariya hospital
navjiwan hospital

पुरस्कार स्वरूप प्रत्येक पत्रकारलाई २५ हजार रुपैयाँ नगद सहित सम्मान गरिने भएको मन्त्रालयले जनाएको छ । पत्रकार बिष्ट स्टेटसेभेन अनलाइनका सह–सम्पादक पनि हुन ।

उक्त पुरस्कार कोशी प्रदेशबाट मुकुन्द घिमिरे, मधेशबाट सरदचन्द्र भट्टराई, बागमतीबाट बिक्रम कुमार बानिँया, गण्डकी प्रदेशबाट दिननाथ बराल, लुम्बिनीबाट स्वस्तिक श्रेस्ठ, कर्णालीबाट दिनेश कुमार बुढा प्रदान गरिन लागेको हो । यस्तै समावेशी महिला तर्फ नमिता दाहाल, समावेशी दलित तर्फ रुपा गहतराज र काठमाण्डौँका त्रिलोचन राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मानका लागी सिफारिश गरिएको छ ।