खाेज्नुहाेस

अत्तरियामा विषादी भेटिएको बन्दा गोभी नष्ट गरियो

Image

अत्तरिया – कैलालीको अत्तरियामा विषादी भेटिएको बन्दा गोभी नष्ट गरिएको छ । शुक्रवार अत्तरियामा रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाईमा गरिएको परीक्षणमा पाण्डेय फलफूल तथा सब्जी पसलमा बिक्रीका लागि राखिएको ६५ किलोग्राम बन्दामा विषादी भेटिएपछि नष्ट गरिएको हो ।

navjiwan hospital

उक्त बन्दा खानिडाँडाको रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाईका प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताए । उनले उक्त बन्दामा ९९.१११% अर्गानोफस्फेट र १.६०६७% कार्बामेट विषादीको रोकावट प्रतिशत भेटिएको बताए ।

attariya hospital

कृषि प्राविधिकका अनुसार अर्गानोफस्फेटको ३५ प्रतिशत भन्दा कम मात्रा भए उपभोग योग्य, ३५ देखि ४५ प्रतिशत भए केही दिन पर्खेर खान मिल्ने हुन्छ भने ४५ प्रतिशत भन्दा माथि रोकावट प्रतिशत भए नष्ट गर्नुपर्ने हुन्छ । विषादी भेटिएको बन्दा गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टको रहोबरमा नष्ट गरिएको थियो ।