खाेज्नुहाेस

सुनको मुल्य बढ्यो 

Image
file photo

काठमाडौँ – सुनको मूल्य आज पनि बढेको छ। सुनको मूल्य आज तोलामा दुई हजार नौ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

navjiwan hospital

मूल्य बढेर आज सुन प्रतितोला एक लाख ९२ हजार सातसय रुपयाँ पुगेको छ। हिजो सुन तोलामा एक हजार रुपैयाँ बढेर एक लाख ८९ हजार आठसय रुपैयाँमा कारोबार भएको थियो।

attariya hospital

गएको शुक्रबारदेखि सुनको मूल्य लगातार बढ्दै आएको छ। आज चाँदीको मुल्य पनि प्रतितोला ५५ रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।