गौरीगंगा – कैलालीको गौरीगंगा नगरपालिकामा बाल मैत्री स्थानीय शासन प्रवद्र्धन वडा घोषण गर्न तयारी गरिएको छ । वडा नम्बर १० लाई बाल मैत्री स्थानीय शासन प्रबद्र्धनका लागि सरोकारवालाले स्वीकृति पुर्व बालबालिकाको क्षेत्रमा समुदाय वडामा गरिएका क्रियाकलापको अनुगमन गरेका छन् । जिल्ला समन्वय समिति कैलालीका उप प्रमुख खगराज भुसालको प्रमुख आतिथ्यतामा अनुगमन गरिएको थियो ।
जिल्ला समन्वय उप प्रमुख भुसालले बाल मैत्री स्थानीय शासन निरन्तरता र दिगोपना सुनिश्चितता गर्न स्थानीय राजनीति नेतृत्व संघसंस्थाको समन्वयमा वडामा हाल राम्रो काम भएको भन्दै स्वीकृतिको चरणमा रहेकोले सबैले दिगोपनाको लागि मिलेर राजनितीक दल भन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।


बाल मैत्री वडा घोषणा गर्न अप्ठ्यारो छैन सजिलो पनि रहेनछ भन्दै वडा अध्यक्ष नर सिहं सार्कीले गौरीगंगा नगरपालिकाका सबै वडा बाल मैत्री भए भने खुसी लाग्ने बताउदै बितेका एक बर्षमा विभिन्न चरणमा काम गरिएको उल्लेख गर्दै खुला दिशा मुक्त सरसफाइ अभियान संचालनको जस्तो चुनौती हाल खुला दिशा मुक्त समाज भएको छ त्यसैगरी बाल मैत्री वडा निरन्तर हुने बताएका छन ।
गौरीगंगा नगर प्रमुख देवीदत्त कडेल, उप प्रमुख भोज बहादुर बम, जिल्ला समन्वय समिति कैलालीका निमित्त समन्वय अधिकारी ई।किशोर बिष्ट, गौरीगंगा शिक्षा शाखा उप सचिव हरिश पन्त, जिल्ला समन्वय समन्वय समिति कार्यालयका महिला बालबालिका सम्पर्क व्यक्ति विमल प्रकाश जोशी, जिल्ला शिक्षा समन्वय इकाईका पार्वती चौधरी, जिल्ला प्रशासन कार्यालयका शान्ति भट्ट, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी वरिष्ठ नायब निरिक्षक खेमराज पन्त, महिला बालबालिका शाखा गौरीगंगाका भावना जोशी, वल्र्ड भिजन इन्टरनेशनल नेपाल कैलाली जिल्ला संयोजक मंगल शाह सहित सरोकारवालाले वडाको अनुगमन गरका थिए ।
बाल मैत्री स्थानीय शासन प्रवद्र्धनका लागि स्थानीय वडा तहमा गर्नुपर्ने ५१ वटा सुचक अन्तर्गत सरस्वती माध्यमिक विद्यालय अनुगमन, खानेपानीको अवस्था, सौचालय र सोनीटरी प्याड डिस्पोजल, अपांग मैत्री सार्वजनिक सामुदायिक संरचना, बाल मैत्री कक्षा, स्वास्थ्य चौकी, बालबालिका र बाल क्लबका प्रतिनिधिसँग छलफल र अभिभावकको भुमिका सम्बन्धमा छलफल गरिएको थियो । बाल मैत्री स्थानीय शासन प्रवद्र्धनमा वल्र्डभिजन इन्टरनेशनल नेपाल, बाल कल्याण संघ र गौरीगंगा नगरपालिका वडा नं १० ले कार्य गरिरहेका छन् ।















