खाेज्नुहाेस

डडेल्धुराको रंगुन नदीमा क्षतिग्रस्त तटबन्धको मुख्यमन्त्री शाहद्धारा अवलोकन

Image

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले रंगुन नदीमा क्षतिग्रस्त तटबन्धको अवलोकन तथा निरक्षण गरेका छन ।

navjiwan hospital

डडेल्धुराको भित्रिमधेश क्षेत्रमा रहेको परशुराम नगरपालिका– ६ को ठन्नजाला, सिमलखेत, वडा नं १० को गैरिगाउँ र वडा नं १२ कैनपानीको रंगुन नदीमा निर्माण गरिएको तटबन्ध गत वर्ष श्रावणको बाढीले बगाएको थियो । सोमबार मुख्यमन्त्री शाहले सो क्षेत्रको अवलोकन तथा निरक्षण गरेका हुन ।

attariya hospital

२०६२ मा रंगुन नदीमा आएको बाढीले घर जग्गा सवै बगाएर बिस्थापित भएका थिए । नेपाल सरकारले रंगुन नदीमा तटबन्ध निर्माण गरिएको १२ वर्षपछि त्यहाँका स्थानीय पुनस्र्थापित भएका थिए । गत वर्ष श्रावणमा आएको बाढीले तटबन्ध बगाउँदा सो क्षेत्रका १ सय पचास घर उच्च जोखिममा परेका छन ।