खाेज्नुहाेस

युक्रेनका पूर्व शीर्ष अधिकारीको स्पेनमा गोली हानी हत्या

Image

मड्रिड – एकजना पूर्व शीर्ष युक्रेनी अधिकारीलाई स्पेनको राजधानी म्याड्रिडस्थित एक अमेरिकी विद्यालयको बाहिर गोली हानी हत्या गरिएको छ।

navjiwan hospital

५१ वर्षीय अन्द्री पोर्टनोभमाथि सहरको पोजुएलो डे आलार्कोन क्षेत्रमा रहेको विद्यालयमा आफ्ना छोराछोरीलाई छोडेपछि गाडीतर्फ फर्कँदै गर्दा पार्किङ क्षेत्रमा हमला भएको हो।

attariya hospital

कम्तीमा एकजना अज्ञात आक्रमणकारीले उनलाई लक्षित गर्दै धेरै गोली प्रहार गरेपछि नजिकैको सार्वजनिक पार्कमा पर्ने जंगलतिर भागेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

भिक्टर यानुकोविचको शासनकालमा पोर्टनोभ सांसद र प्रशासनको उपप्रमुख थिए। रुस निकट मानिने यानुकोविचलाई सन् २०१४ मा महिनौँ लामो विरोध प्रदर्शनपछि सत्ता च्युत गरिएको थियो।