धनगढी – कैलालीको धनगढीमा रहेको दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग गरिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत निसर्ग हस्पिटल धनगढीले अक्षयकोष स्थापनार्थ ५ लाखको चेक हस्तान्तरण गरेको हो ।

उक्तचेक दृष्टि फाउन्डेशन नेपालको कार्यालय, धनगढी उपमहानगरपालिका–१३ मा एक कार्यक्रममा फाउन्डेशनकी अध्यक्ष कल्पना भट्टलाई हस्तान्तरण गरिएको थियो । हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले संस्थाको स्थापना कालदेखि नै दृष्टि फाउन्डेशनमा आश्रय लिएर बस्दै आएका असहाय तथा विपन्न नागरिकहरूलाई निःशुल्क तथा भारी छुटमा उपचार सेवा दिँदै आएकोे बताए ।

पन्तले धनगढीमा रहेका आमाको माया छात्रावास, मानव सेवाआश्रम लगायतका संस्थाहरूसँग पनि हस्पिटलले विभिन्न समयमा सहयोग गर्दै आएको बताए ।


















