खाेज्नुहाेस

पाकिस्तानमा स्कुल बसमा आक्रमण हुँदा पाँच जनाको मृत्यु 

Image

एजेन्सी – पाकिस्तानको बलुचिस्तान प्रान्तको खुजदारमा बुधबार बिहान स्कुल बसमा भएको आक्रमणमा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

खुजदारका उपायुक्त यासिर इकबाल दस्तीले बीबीसीलाई भने, ‘बिहानै खुजदारको जिरो पोइन्टमा बसले बालबालिकालाई स्कुल लैजाँदै गर्दा विस्फोट भयो ।’ घाइतेहरूलाई अस्पताल लगिएको छ । उनले अनुसन्धान जारी रहेको र प्रमाण सङ्कलन भइरहेको बताए ।

attariya hospital
navjiwan hospital

खुजदार प्रहरी चौकीका एसएचओले भने, ‘निशाना बनाइएको बस खुजदार क्यान्टको स्कुलका बालबालिका बोकेर गइरहेको थियो ।’ विस्फोटले बस पूर्णरूपमा ध्वस्त भएको छ भने नजिकैको सानो कारमा पनि क्षति पुगेको थियो ।

विस्फोट रिमोट कन्ट्रोल वा आत्मघाती आक्रमणकारीबाट भएको हो भन्ने यकिन भइसकेको छैन । प्रहरीका अनुसार बसमा करिब ४० बालबालिका थिए । आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।