खाेज्नुहाेस

भारत – पाकिस्तान तनाव बीच रद्द भयो पंजाब-दिल्लीको आईपीएल खेल

Image

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत पंजाब किङ्स (PBKS) र दिल्ली क्यापिटल्स (DC) बीचकाे खेल भारत-पाकिस्तान तनावका कारण रद्द गरिएको छ।

दुबै टोलीबीचको यो प्रतिस्पर्धा ८ मे (बुधबार) धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन (HPCA) रंगशालामा तय गरिएको थियो।

attariya hospital

खेलमा पंजाब किङ्सले टस जितेर पहिले ब्याटिङ गर्दै १०.१ ओभरसम्म खेल भए पनि त्यसपछि खेल रोकिँदै रद्द गरिएको हो। सुरक्षाका हिसाबले रंगशालाका सबै फ्लड लाइट बन्द गरिएका छन्।

साथै, आईपीएल अधिकारीहरूले दुबै टोलीलाई एचपीसीए रंगशालाबाट बाहिर जान निर्देशन दिएका छन्।

जम्मु विमानस्थलमा विस्फोट

navjiwan hospital

जम्मु विमानस्थलमा विस्फोट भएको खबर आएको छ। जम्मु सहरको गुज्जर नगर पुलमा रहेका एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताएका छन् कि उनले जम्मु विमानस्थल नजिकै १६ वटा वस्तुहरू झर्दै गरेको देखेका छन्।

एएफपी समाचार एजेन्सीलाई एक सुरक्षा स्रोतले विमानस्थलमा विस्फोट भएको पुष्टि गरेका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार बजारहरू बन्द गरिएका छन्, मानिसहरू भाग्दै गरेका देखिएका छन्, सायरन बज्न थालेका छन् र पूरै सहरमा विद्युत आपूर्ति बन्द छ। एक प्रत्यक्षदर्शीले बीबीसीलाई भनेका छन्, “यहाँ ब्ल्याकआउट छ र सायरनको आवाज लगातार सुनिन्छ।”

बीबीसी संवाददाता दिव्या आर्यका अनुसार जम्मुको धेरै स्थानहरूमा विस्फोटको आवाज सुनिएको छ र पूरै सहर अन्धकारमा डुबेको छ। कठुआ जिल्लामा पनि नागरिकहरूले दुई ठाउँमा विस्फोटको आवाज सुनेका छन् र त्यहाँ पनि बत्ती काटिएको छ। जम्मुबाट डेढ घण्टा दूरीमा रहेको कठुआ र जम्मु दुबै ठाउँ अहिले पूर्ण रूपमा ब्ल्याकआउट छन्।

भारतीय सेनाका स्रोतका अनुसार जम्मुमा डिफेन्स सिस्टम सक्रिय गरिएको छ। सहरभरि हवाई सायरनहरूको आवाज सुनिन थालेको छ।

यसैबीच चण्डीगढ प्रशासनले जानकारी दिएको छ कि यहाँ पनि एयर रेड सायरन सक्रिय गरिएको छ र तत्कालै ब्ल्याकआउट लागू गरिएको छ।

राजौरी जिल्लाको सूचना तथा जनसम्पर्क विभागले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “सार्वजनिक रूपमा अनुरोध गरिन्छ कि आआफ्नो क्षेत्रमा ब्ल्याकआउट सुनिश्चित गर्नुहोस्। सबै बाहिरी बत्तिहरू बन्द गर्नुहोस् र झ्यालहरू छोप्नुहोस्, जसले गर्दा कुनै पनि प्रकाश बाहिर नजाओस्।”