खाेज्नुहाेस

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते 

Image
file photo
धनगढी – कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
attariya hospital
navjiwan hospital
मंगलबार राति धनगढी उपमहानगरपालिका–१३ झलारी गाउँमा एयरपोर्टबाट राजपुरतर्फ आइरहेको से ६ प ७०१९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक धनगढी–४ बस्ने २८ वर्षीय लक्ष्मण चौधरी र मोटरसाइकलमा सवार रतीराम चौधरी घाइते भएका छन् ।
मोटरसाइकल अनियन्त्रित भएर भएको दुर्घटनामा चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै जनाको नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।