खाेज्नुहाेस

गाजामा इजरायलद्धारा भीषण आक्रमण, ३२६ जनाको मृत्यु

Image

काठमाडौं– इजरायलले जनवरीको युद्धविरामपछि मंगलबार गाजा पट्टीमा भीषण आक्रमण गर्दा कम्तीमा ३२६ जना प्यालेस्टिनी मारिएका छन् ।

उद्धारकर्ताहरूले कम्तिमा पनि ३२६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्‍चार माध्यमहरूले उल्लेख गरेका छन् । मंगलबार इजरायलले गागा क्षेत्रभरी, जसमा दक्षिणी गाजामा खान युनिस र रफाह, उत्तरमा गाजा शहर र देइर अल-बलाह जस्ता मध्य क्षेत्रहरूमा भीषण आक्रमण गरेको अलजजिराले जनाएको छ ।

attariya hospital
navjiwan hospital

अलजजिराका अनुसार मारिनेमा अधिकांश बालबालिकाहरू रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘ ३२६ जना शहीदहरूको शव गाजाको अस्पतालमा आइपुगेका छन्,’ प्यालेस्टाइनका स्वास्थ्यमन्त्रीले भनेका छन्, ‘अरू थुप्रै पीडितहरू अझै भग्नावशेषमुनि छन् ।’

गाजामा शासन गर्ने हमासले इजरायलको आक्रमणलाई जनवरी १९ मा सुरु भएको युद्धविरामको एकतर्फी रद्दको रूपमा हेरेको बताएको छ।

साथै हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम विस्तार गर्ने गतिरोधपछि ‘युद्ध पुनः सुरु गर्ने’ निर्णय गरेको आरोप लगाएको छ ।

इजरायलले आक्रमणको लहर सुरु गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ । आक्रमणमा अधिकांश महिला, बालबालिका र वृद्धहरूको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् ।