एजेन्सी – उत्तराखण्डको चमोलीमा हिमपहिरोमा पुरिएका ४९ जनाको उद्धार गरिएको छ । हिमपहिरोमा हराएका ५५ मध्ये ४९ जनाको उद्धार गरिएको थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पुरिएकामध्ये छ जनाको खोजी कार्य जारी छ ।

दुई जना कामदारको मृत्युको खबर आए पनि आधिकारिक पुष्टि हुन नसकेको समाचारमा उल्लेख छ ।

उद्धारमा सेना, आईटीबीपी, बीआरओ, एसडीआरएफ र एनडीआरएफका २०० भन्दा बढी सैनिकहरू संलग्न छन् । यो घटना बद्रीनाथबाट ३ किलोमिटर टाढा चमोलीको माना गाउँमा भएको हो ।


















