खाेज्नुहाेस

भारतको मणिपुरमा राष्ट्रपति शासन लागु

Image

काठमाडौं – भारतको मणिपुरमा राष्ट्रपति शासन लागु भएको छ । केन्द्रीय गृह मन्त्रालयले एक सूचना जारी गरेर यस सम्बन्धमा जानकारी गराएको हो ।

यसअघि मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहले आइतबार आफ्नो पदबाट राजीनामा दिएका थिए । वीरेन सिंहको राजीनामापछि मणिपुरमा राष्ट्रपति शासन लाग्ने चर्चा चलेको थियो ।

attariya hospital
navjiwan hospital

मणिपुरमा लामो समय जातीय हिंसा भएको थियो, यद्यपि त्यहाँ केही समय शान्तिको अवस्था थियो। मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहलाई राज्यमा हिंसा नियन्त्रण गर्न असफल भएको आरोप लगाइएको थियो ।

यसअघि मणिपुरका १९ भाजपा विधायकले प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुख्यमन्त्री एन वीरेन सिंहलाई हटाउन माग गर्दै पत्र पठाएका थिए।

पत्रमा हस्ताक्षर गर्नेमा सभामुख थोकचोम सत्यव्रत सिंह, मन्त्री थोंगम विश्वजित सिंह र युमनम खेमचन्द सिंह रहेका थिए ।