खाेज्नुहाेस

हमासद्वारा थप ३ इजरायली बन्धक मुक्त

Image

जेरूसलेम — प्यालेस्टिनी समूह हमासले शनिबार गाजा स्ट्रीपबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागु भएपछिको पाँचौं पटकमा तीन जनालाई रिहा गरिएको हो ।

navjiwan hospital

शनिबार मुक्त भएका ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहाद बेन अमी र ३४ वर्षीय अर लेभी तीनै जना सर्वसाधारण हुन् । हमासले उनीहरूलाई सन् २०२३ को अक्टोबर ७ को आक्रमणपछि बन्धक बनाएर गाजा लगेको थियो ।

attariya hospital

हमासले तीन जनालाई रिहा गरेसँगै इजरायलले पनि थप १८३ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ । शनिबार रिहा भएकामध्ये ७० जनाभन्दा धेरै आजीवन वा लामो समयको कैद सजायहरू काटिरहेकाहरू हुन् । इजरायल र हमासबीच जनवरी १९ मा युद्धविराम सम्झौता भएको थियो । समझौताअनुसार हमासले २१ बन्धक रिहा गरिसकेको छ । ३८३ जना प्यालेस्टिनी बन्दीहरू रिहा भइसकेका छन् ।