खाेज्नुहाेस

अमेरिकामा दुर्घटनामा परेको प्लेन र हेलिकप्टरबाट १८ जनाको शव निकालियो

Image

एजेन्सी – अमेरिकामा दुर्घटनामा परेको प्लेन र हेलिकप्टरबाट १८ जनाको शव निकालिएको छ। नेपाली समयअनुसार बिहीबार बिहान यात्रु बोकेको प्लेन र सैनिक हेलिकप्टर एकआपसमा ठोक्किएर नदीमा खसेपछि जारी उद्दार कार्यमा १८ जनाको शव प्राप्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्।

४ क्रु मेम्बरसहित ६४ जना यात्रु बोकेको विमान अवतरण क्रममा रहेको हेलिकप्टरसँग ठोकिन पुगेको थियो। आकाशमै ठोकिएपछि वासिङ्टन डिसीस्थित पोटोमैक नदीमा दुवै झरेको थियो।

attariya hospital

सीबीएस न्युजका अनुसार अहिलेसम्म १८ जनाको शव भेटिएको छ। चिसो नदीमा अन्य व्यक्तिहरूपनि जिवित भेटिने सम्भावना कमजोर रहेको जनाइएको छ।

navjiwan hospital

सैनिक हेलिकप्टरमा भने ३ जना सवार रहेको जनाइएको छ। अहिले पनि उद्दार कार्य जारी रहेको छ।

अपडेट : सबै ६४ जनाको शव नदीबाट निकालियो

अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा विमान र हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा सबै ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ । यी सबैको शव नदीबाट निकालिएको हो ।

अमेरिकामा बुधबार राति अमेरिकन एयरलाइन्सको विमान आकाशमा ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर पोटोमाक नदीमा खसेको थियो ।

दुर्घटनापछि विमान पोटोमाक नदीमा खसेको थियो । त्यहाँबाट सबै ६४ जनाको शव निकालिएको हो ।