खाेज्नुहाेस

आजबाट इजरायल-हमास बीच युद्धविराम

Image

एजेन्सी – गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ ।

स्थानीय समय अनुसार बिहान साढे ८ बजे देखि सम्झौता लागू भएको हो । युद्धविराम सम्झौता शुुरू हुन केही घण्टा बाँकी हुँदा टेलिभिजन बाट सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायलले हमास सँग आवश्यक भएमा पुनः लडाइँ शुुरू गर्ने अधिकार सुरक्षित राखेको चेतावनी दिएका छन् ।

attariya hospital
navjiwan hospital

सम्बोधनमा नेतन्याहूले हमास द्वारा रिहा गर्ने बन्धकहरूको सूची प्राप्त नभए सम्म इजरायलले सम्झौता कार्यान्वयन नगर्ने बताए । इजरायलले सम्झौताको उल्लंघन नसहने उनको चेतावनी छ । नेतन्याहूले दोस्रो चरणको युद्धविराम असफल भएमा हमास विरुद्धको युद्ध पुनः शुुरू गर्न आफ्नो देश तयार रहेको बताए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युद्धविराम अस्थायी भएको र गाजामा पुनः आक्रमण गर्न अमेरिकी निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थन रहेको नेतन्याहूको दाबी छ । यसैबीच, इजरायलले गाजामा हमास र इस्लामिक जिहाद क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ ।

अबको केही सातामा १८ सय ९० प्यालेस्टिनी कैदीहरूको सट्टामा ३३ बन्धकहरूलाई रिहा गर्ने तयारी सहमति छ । सम्झौता अनुसार इजरायलले पनि गाज ाबाट आफ्ना सेना फिर्ता गर्न थाल्ने समाचारमा उल्लेख छ ।