ढोग दिया शब्दको दुरुपयोगप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ। प्रतिष्ठानका अध्यक्ष ध्रुबबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा र संस्कृतिलाई होच्याउने र अपमानित गर्ने खालका गीत-संगीतप्रति गम्भीर आपत्ति जनाएका छन्।

उनले एक प्रेस विज्ञप्ति मार्फत भूगोल विशेष क्षेत्र, सम्प्रदाय, जातजाति तथा समुदायसँग जोडिएको मौलिक कला र संस्कृतिलाई अपमान गर्ने खालका गीत-संगीतको प्रसारणमा रोक लगाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

सिंहले काली–कर्णाली क्षेत्रको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूको अपमान र शिष्टताको खिल्ली उडाउने कार्य तत्काल बन्द हुनुपर्नेमा जोड दिएका छन्।



















