खाेज्नुहाेस

बैतडीमा निस्सासिएर एकजनाको मृत्यु

Image

बैतडी–बैतडीमा निस्सासिएर एकजनाको मृत्यु भएको छ । पाटनस्थित शिवशक्ति फर्निचर उद्योगमा काम गर्दै आएका कैलालीको कैलारी गाउँपालिका–६ का ३७ बर्षीय पुनाराम थारुको निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

navjiwan hospital

शनिबार राति कोइला बालेर कोठामा सुतेका थारु बिहान सम्म नउठेपछि उनलाई अचेत अवस्थामा फेला पारिएको थियो । उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएका थारुलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

attariya hospital

कोइला बालेर सुतेको हुनाले थारुको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।