अत्तरिया – परराष्ट्रमन्त्री एवं नेपाली काङ्ग्रेस नेतृ आरजु राणा देउवाले आज कैलालीको चिसापानीमा निर्माण गर्न लागिएको केबलकारको शिलान्यासका गर्ने भएकी छिन । झण्डै ७ अर्बको लागानीमा निर्माण गर्न लागिएको केवुलकारको आज दिउँसो उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

केबलकारमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल सँगै कैलालीका पूर्व सभापति सूर्यबहादुर थापाको लगानीमा निर्माण गर्न लागिएको हो ।

परियोजना एक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। परियोजनाको शिलान्यास गर्न परराष्ट्रमन्त्री देउवा हिजो नै सुदूरश्चिम पुगिसकेकि छिन । उनी आज अन्य कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ ।

















